काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन ४ सय र चाँदी १५ रुपैयाँले बढेको हो ।
बिहीबार ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज शुक्रबार ४ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ माघ ०२ शुक्रबार
Comments