काठमाडौं। सुनको मूल्य बिहीबार तोलामा १६ सय रुपैयाँ बढेको छ । बिहीबार सुन तोलाको ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार तोलमा ५ सय रुपैयाँ बढेर तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार एकैदिन तोलामा १६ सय रुपैयाँ बढेको हो । यसअघि हप्ताको पहिलो दिन आइतबार तोलामा ५ सय रुपैयाँ घटेर सुन तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतबारको मूल्यमा सोमबार तोलामा ७ सय रुपैयाँ घटेर सुन तोलामा ९० हजार रुपैयाँमा झरेको थियो । तर त्यो भाउमा ५ सय रुपैयाँ बढेर मंगलबार सुन तोलाको ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य बिहीबार तोलामा २० रुपैयाँ बढेर तोलाको १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मितिः २०७७ मंसिर १८ बिहिबार
Comments