काठमाडौं । सुनको मूल्य बुधबारदेखि ओरालो लागिरहेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला ४ सय र चाँदी ५ रुपैयाँले घटेको हो ।
बिहीबार ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार ४ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ चाँदी पनि आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ मंसिर ०५ शुक्रबार
Comments