काठमाडौंः आज सुन ४ सयले बढेको छ भने चाँदीको मूल्य चाहिँ स्थिर रहेको छ ।
हिजो ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सयले बढेर ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी भने आज स्थिर रहेर प्रतितोला १ हजार २०० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ असोज ३० शुक्रबार
Comments