काठमाडौं । बुधवार नेप्से कारोबार भएको पहिलो घण्टामा १ दशमलव ८२ अंकले घटेको छ । १ हजार ५३७ दशमलव ३५ विन्दुबाट कारोबार शुरु भएको बजार कारोबारको यस अवधिमा शून्य दशमलव १२ प्रतिशत घटेर १ हजार ५३४ दशमलव २२ विन्दुमा पुगेको छ ।
पहिलो घण्टमा १२ समूहकै परिसूचक कारोबारमा आएको छ । जसमध्ये बैंकिङ, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने व्यापार, होटल्स र जीवन बीमा समूहको परिसूचक बढेको छ ।
पहिलो घण्टाको अवधिमा १६८ ओटा कम्पनीको ५ हजार ४३० पटकको कारोबारमा ९ लाख ३६ हजार ३५१ कित्ता शेयरको रू। २८ करोड १० लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू। २ करोड ३ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू। ८७९ मा कारोबार भइरहेको छ ।
कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ७७५ मा रू. १ करोड ४९ लाख बराबरको शेयरको खरीदविक्री भएको छ ।
कारोबारको पहिलो घण्टामा एनआरएन लघुवित्तको शेयरमूल्य सबैभन्दा बढी ९ दशमलव ९६ प्रतिशत वृद्धि भएको छ । त्यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ८९ प्रतिशत बढेको छ ।
प्रकाशित मितिः २०७७ भदौ ३१ बुधबार
Comments