काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर रहेको छ । मंगलवार सुन प्रतितोला ६ सयले बढेको थियो । आइतवार स्थिर रहेको सुनको मूल्य सोमवार ९६ हजार ९ सय कायम भएको थियो ।
मंगलवार ९७ हजार ५०० मा कारोवार भएको सुन आज (बुधवार) पनि सोही मूल्यमा कारोवार भइरहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९७ हजार छ ।
त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला १,३४० कायम रहेको महासंघले जनाएको छ । यो सोमबारको भन्दा २० रुपैयाँले बढी हो ।
प्रकाशित मितिः २०७७ भदौ ३१ बुधबार
Comments