काठमाडौं । सुनचाँदीको मूल्य आकाशिएको छ । बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा १ हजार र चाँदी ६० रुपैयाँले बढेर आकाशिएको हो ।
बिहीबार १ लाख २ हजार ५ सयमा कारोबार भएको छापावाला सुन शुक्रबार १ हजारले बढेर १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३ हजारमा कारोबार भइरहेको छ । चाँदी आज ६० रुपैयाँले बढेर प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साउन २३ शुक्रबार
Comments