काठमाडौं । सुनको मूल्य बढ्ने क्रम जारी रहेको छ । पछिल्लो दिनहरुमा सुनको मूल्य लगातार बढ्दै नयाँ रेकर्ड राखेको छ । आज सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ३ सयले बढेको छ भने चाँदी २५ रुपैयाँले घटेको छ ।
बिहीबार ९९ हजारमा कारोबार भएको छापावाला सुन शुक्रबार ३ सयले बढेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९८ हजार ८६५ सयमा कारोबार भइरहेको छ । चाँदी भने आज २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साउन १६ शुक्रबार
Comments