काठमाडौं । आज पनि सुनचाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुन तोलामा ६ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।
मंगलबार ९० हजार ९ सयमा कारोबार भएको छापावाला सुन बुधबार ६ सयले ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ६० सयमै कारोबार भइरहेको छ । चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ असार २४ बुधबार
Comments