काठमाडौं । नेपाल स्टक एक्सेन्च नेप्से परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दा ३३.२७ अकंले बढेको छ ।
आज १२६६.०९ को बिन्दुबाट शुरु भएको नेप्से परिसुचक ४ घण्टाको अबधीमा २.६३ प्रतिशतले बढेर १२९८.७३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
आज कारोबारमा आएका १७६ कम्पनीको १७ हजार ३ सय ८४ कित्ता शेयर खरिद बिक्री हुदा ९२ करोड ७८ लाखभन्दा बढीको कारोबार भएको छ ।
कारोबारमा आएका १२ उपसमुहमध्ये मिउच्युल फन्ड घटेको छ ।
त्यस्तै हालसम्म कारोबारमा आएका कम्पनी मध्ये नेपाल रिइन्सुरेन्स कम्पनी लिमिटेडले १४ करोड ५३ लाख बराबरको कारोबार गर्दै पहिलो स्थानमा छ ।
प्रकाशित मितिः२०७७ असार २२ सोमबार
Comments