काठमाडौं । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आइतबारको तुलनामा सोमबार सुन तोलामा ३ सय घटेको हो ।
आइतबार ९० हजार ५ सयमा कारोबार भएको छापावाला सुन सोमबार ३ सयले ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ८९ हजार ७६० सयमै कारोबार भइरहेको छ । चाँदी पनि आज स्थिर रहँदै प्रतितोला ९ सय ४० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ असार २२ सोमबार
Comments