काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारदेखि बजारमा ५० रुपैयाँ दरका नयाँ नोट ल्याउने भएको छ। २०१६ पछि बजारमा नआएको ५० रुपैयाँको नोट अब प्रयोग गर्न पाइने भएको हो । भोलिदेखि बजारमा आउने नयाँ नोटमा हस्ताक्षर भने पूर्वगभर्नर चिरञ्जीवी नेपालको हुनेछ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक सुचना जारी गर्दै ५० दरका नयाँ नोट बजारमा पठाउने घोषणा गरेको हो। नयाँ गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेका नयाँ नोटहरु भने कात्तिकबाट बजारमा ल्याउने राष्ट्र बैंकको तयारी छ। साविककै आकारप्रकार तथा रंगमा संकेत नम्बर ज/८९ ०००००१ देखि ट/३३ ९९९९९९ सम्मका नोट बजारमा ल्याउने भएको हो।
५० दरका नोटको डिजाइन पहिले बजारमा आएभन्दा फरक छैन। अगाडिको भागमा सगरमाथाको चित्र छ भने लालीगुँरासको पानी छाप पनि रहेको छ। नोटको तल्लो भागको बोर्डरमा नेपालीमा वि.स. २०७५ लेखिएको छ । अर्को भागमा हिउँ चितुवाको चित्र छ ।
प्रकाशित मितिः २०७७ असार २१ आइतबार
Comments