काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन ५ सय र चाँदी २० रुपैयाँले बढेको हो ।
बिहीबार ७५ हजारमा कारोबार भएको छापावाला सुन शुक्रबार ५ सयले बढेर ७५ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज २० रुपैयाँले बढेर प्रतितोला ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७६ चैत्र ०७ शुक्रबार
Comments