काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबार ८० हजारमा कारोबार भएको छापावाला सुन बुधबार ५ सयले घटेर ७९ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७९ हजार २ सयमा कारोबार भइरहेको छ । केही दिनदेखि उच्च रुपमा बढेको सुनको मूल्य हिजोबाट घट्न थालेको हो । चाँदी पनि आज २० रुपैयाँले घटेर प्रतितोला ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७६ फागुन १४ बुधबार
Comments