काठमाडौं । काठमाडौं महानगरपालिकाकाले काष्ठमण्डप पुननिर्माणका लागि थप ५ करोड रुपैयाँ उपदब्ध गराएको छ। बिहीबार एक कार्यक्रामबीच महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई ५ करोड रुपैयाँको चेक प्रदान गरेका हुन्।
यसअघि २०७५ जेठ २९ गते काम सुरू गर्न ५० लाख रुपैयाँ र त्यसै वर्षको असोज २७ गते थप ५ करोड रुपैयाँ उपलब्ध गराइएको थियो। थप रकम सहित काष्ठमण्डपमा पुनर्निर्माणका लागि १० करोड ५० लाख रकम निर्माण समितिलाई हस्तान्तरण गरिएको महनगरले बताएको छ।
पछिल्लो पटक हस्तान्तरण गरिएको रकमबाट काष्ठमण्डपको ५५ प्रतिशत काम सकिएको मेयर शाक्यले जानकारी दिए। थप रकमको चेक हस्तान्तरण गर्दै मेयर शाक्यले भने, ‘कामको प्रगति राम्रो भएपछि महनगरले थप ५ करोड रुपैयाँ दिने निर्णय गर्यो। हामी हाम्रै कार्यकालमा निर्माण सक्छौं।’
काठमाडौं क्षेत्र नं. ८ का प्रदेश सभा सदस्य राजेशकाजी शाक्यको नेतृत्वमा गठित ५५ सदस्यीय समितिले काष्ठमण्डप पुनर्निर्माणको जिम्मा लिएको छ । काष्ठमण्डप पुनर्निर्माणका लागि दैनिक ४० जना न्दा बढी कलाकार तथा श्रमिकले काम गरिरहेका निर्माण समितिले जानकारी दिएको छ ।
प्रकाशित मितिः २०७६ माघ १० शुक्रबार
Comments