काठमाडौं । आज साताको अन्तिम कारोबार दिन (बिहीबार) पुँजी बजार मापक नेप्से १५.९५ अङ्कले घटेको छ। नेप्से घटेर १२९७.४७ अङ्कमा आइपुगेको छ।
आज निर्जीवन बिमा कम्पनी समूहको सूचक सबैभन्दा बढी ६६.६२ अङ्कले घटन पुग्यो। साथै, होटल समूहको सूचक पनि ३२.५६ अङ्कले ओरालो लाग्यो। यसैगरी, बैंकिङ समूहको सूचक पनि २१.२३ अङ्कले घटन पुग्यो।
उक्त दिन १२ समूहको सूचकमध्ये दुई समूहको मात्र बढेको छ। बाँकी १० समूहको सूचक घटन पुग्यो। आज जीवन बिमा कम्पनी समूहको सूचक ४०.८८ अङ्क र अन्य समूहको सूचक १.७२ अङ्कले बढ्न पुग्यो। बिहीबार १ अर्ब ३८ करोड ४२ लाख ९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
उक्त दिन नेपाल लाइफ इन्स्योरेन्सको सेयर सबैभन्दा बढी १८ करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दोस्रो बढी रकमको कारोबार ग्लोबल आइएमई बैंकको सेयर भएको छ।
उक्त बैंकको १५ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । तेस्रो बढी कारोबार हुनेमा नेपाल बैंकको सेयर रहेको छ। उक्त बैंकको ५ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
प्रकाशित मितिः २०७६ माघ ०९ बिहीबार
Comments