काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले थप चारवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले चितवनको टाँडी, लमजुंगको भोटेओडार, कपिलवस्तुको जितपुर तथा नुवाकोटको देवीघाट शाखा सञ्चालनमा ल्याएको हो ।
शाखा शुभारम्भमा स्थानिय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाको उपस्थिति रहेको थियो ।
यी शाखा मार्फत ग्राहकको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवा छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा प्रदान गर्ने प्रतिबद्धता बैंकले गरेको छ ।
प्रकाशित मितिः २०७६ माघ ०५ आइतबार
Comments