काठमाडौं । ठगी आरोपमा पूर्वअर्थ सहायकमन्त्री एवं व्यवसायी रुप ज्योतिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विहिबार साँझ पक्राउ गरेको हो ।
काठमाडौँ प्रहरीका प्रवक्ता होबिन्द्र बोगटीले व्यवसायी ज्योति पक्राउ परेको जानकारी दिए । उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । हाउजिङका नाममा विभिन्न व्यक्तिसँग करोडौँ ठगी गरेको आरोप उनीमाथि लागेको छ ।
प्रकाशित मितिः २०७६ कार्तिक २२ शुक्रबार
Comments