काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन ७ सय र चाँदी १५ रुपैयाँले घटेको हो । बिहीबार ७० हजार ६ सयमा कारोबार भएको छापावाला सुन शुक्रबार ७ सयले घटेर ६९ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ६९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि १५ रुपैयाँले घटेर प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७६ कार्तिक २२ शुक्रबार
Comments