काठमाडौं । आज पनि सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ । आइतबारको तुलनामा सोमबार बजारमा सुन १ सय रुपैयाँले घटेको हो । छापावाला सुन आज प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज पनि चाँदी भने स्थिर रहेर प्रतितोला ८ सय ४५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७६ असोज २७ सोमबार
Comments