काठमाडौं । आन सुनचाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार बजारमा सुन ११ सय र चाँदी २५ रुपैयाँले बढेको हो । आइतबार प्रतितोला ७० हजार २ सयमा कारोबार भएको छापावाला सुन आज ११ सयले बढेर प्रतितोला ७१ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने २५ रुपैयाँले बढेर प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७६ भदौ ३० सोमबार
Comments