काठमाडौँ । साताको पुँजी बजार खुम्चिएको छ । सातामा सेयर कारोबार र नेप्से दुवैमा संकुचन आएको हो । पाँच दिन नै कारोबार भएको पुँजी बजारमा एक सातामा एक अर्ब ५४ करोड रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । यो रकम अघिल्लो साताको तुलनामा २४ करोड १८ लाखले कम हो ।
प्रकाशित मितिः २०७६ भदौ ८ आइतबार
Comments