काठमाडौँ । श्रमिकको हितका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई सरकारले बुधबारदेखि कार्यान्वयनमा ल्याएको समाचार आजको कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, ऐनअनुसार साउन १ देखि रोजगारी पाउने श्रमिकलाई रोजगारदाताले अनिवार्य रुपमा कोषमा समेट्नुपर्ने छ ।३ हजार ८ सय ८० रोजगारदाता सामाजिक सुरक्षा कोषमा सूचीकृत भइसकेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले औषधोपचार तथा मातृत्व, दुर्घटना तथा अशक्तता, सुरक्षा योजना। आश्रित परिवार र वृद्धावस्थामा सुरक्षा योजना दिने गरी कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
प्रकाशित मितिः २०७६ साउन २ बिहिबार
Comments