काठमाडौँ । आइएमई ग्रुपको आइएमई पे र एनसीसी बैंकबीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता अनुसार एनसीसी बैंक लिमिटेड आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ।
एनसीसी बैंकका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन्।
काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई पे का तर्फबाट महाप्रवन्धक खिलेन्द्र पौडेल र एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
प्रकाशित मितिः २०७६ असार १० मंगलबार
Comments