काठमाडौँ । मंगलबार सुन चाँदीको कारोबारमा मूल्य स्थिर रहेको छ । छापावाला सुन प्रति तोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५९ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ हजार १० रुपैयाँ, तेजावी सुन ५० हजार ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मितिः २०७६ जेठ ७ मंगलबार
Comments