काठमाडौं । जापानको ओसाकामा आयोजना हुने १७ औं ‘वाता ओपन अन्तर महादेशीय तेक्वान्दो च्याम्पियनशिप’मा नेपाल तेक्वान्दो संघको तर्फबाट भाग लिने तेक्वान्दो खेलाडीलाई सिटी एक्सप्रेसले ट्रयाक सुट प्रदान गरेको छ ।
च्याम्पियनशिप जापानको ओशाकामा अप्रिल २० तारिखदेखि सुरु हुँदैछ ।
विश्वका विभिन्न मुलुकबाट सहभागिता जनाइने यस च्याम्पियनशिपमा नेपालले पनि भाग लिन लागेको हो ।
सिटी एक्सप्रेसले १२ वर्ष देखि बिश्व भरि आफ्नो रेमिट एजेन्टहरुबाट ७ हजार भन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित मितिः२०७६ वैशाख ६ शुक्रबार
Comments