काठमाडौं । आज सुनचाँदीको मूल्य यथावत रहेको छ ।
बिहीबार कारोबार भएकै मूल्यमा बजारमा आज छापावाला सुन प्रतितोला ५९ हजार १ सय रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ५८ हजार २ सय रुपैयाँमै कारोबार भईरहेको छ ।
चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय २५ रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः२०७६ वैशाख ६ शुक्रबार
Comments