काठमाडौं । साताको पाँचौ दिन आज सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ । बजारमा हिजोको तुलनामा आज सुन २ सयले घटेको हो ।
आज छापावाला सुन प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ५८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
चाँदी स्थिर रहँदै प्रतितोला ७ सय २५ रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः२०७६ वैशाख ५ बिहीबार
Comments