काठमाडौं । आज सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ । बजारमा बिहीबारको तुलनामा शुक्रबार सुन १ सय रुपैयाँले बढेको हो । बजारमा आज छापावाला सुनको प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज पनि चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला ७ सय २५ रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः२०७५ चैत २२ शुक्रबार
Comments