काठमाडौं । आज सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ । बजारमा आइतबारको तुलनामा सोमबार सुन २ सय रुपैयाँले बढेको हो । छापावाला सुन प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदी स्थिर रहँदै प्रतितोला ७ सय ४० रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ । चाँदी केही दिनदेखि स्थिर रहेको छ ।
प्रकाशित मितिः२०७५ चैत ११ सोमबार
Comments