काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत आयोजना कार्यक्रम अन्तर्गत त्रिशूली थ्री बी को शेयर किनेका छन् । प्रधानमन्त्री ओलीले ३७ मेगावाट क्षमताको आयोजनाको १००० कित्ता शेयर बिहीबार किनेका हुन् ।
प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारबाट शेयरका लागि आवेदन दिएका हुन् । यस्तै उर्जामन्त्री वर्षमान पुनले पनि १००० कित्ता शेयरका लागि आवेदन दिएका छन् ।
प्रधानमन्त्री ओलीले ‘म बनाउँछु मेरो देश’ भन्ने विश्वास जनताले गर्नु भएकाले त्यसमा विश्वास दिलाउन शेयर किनेको बताएका छन् ।
प्रकाशित मितिः२०७५ चैत ७
Comments