काठमाडौं । आज सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ । सोमबारको तुलनामा मंगलबार सुन १ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय ३० रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः२०७५ चैत ५ मंगलबार
Comments