काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ ।
बजारमा आज छापावाला सुन प्रतितोला २ सय रुपैयाँले घटेर ६० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन पनि २ सय रुपैयाँले घटेर प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदी ५ रुपैयाँले घटेर प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७५ माघ ८ मंगलबार
Comments