काठमाडौं । सुनचाँदीको मूल्य स्थिर रहेको छ । मंंगलबारकै मूल्यमा शुक्रबार पनि सुनचाँदी कारोबार भएको हो । बजारमा आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ६१ हजार रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ६० हजार ७ सय रुपैयाँमै कारोबार भईरहेको छ । आज चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय ६५ रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७५ माघ ४ शुक्रबार
Comments