काठमाडौंः आज सुनको मूल्य २ सयले घटेको भने चाँदी स्थिर रहेको छ ।
आज बजारमा छापावाला सुन प्रतितोला ५८ हजार ५ सय रुपैंयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला ५८ हजार ७ सय रुपैंयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजावी सुन प्रतितोला ५८ हजार २ सय रुपैंयाँमा कारोबार भईरहेको छ ।
आज पनि चाँदी स्थिर रहँदै प्रतितोला ७ सय १५ रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ । हिजो पनि चाँदी स्थिर रहेको थियो ।
प्रकाशित मितिः २०७५ मंसिर २१ शुक्रबार
Comments