काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । हिजोको तुलनामा आज मंगलबार ९ सय र चाँदी ५ रुपैयाँले बढेको छ । आज बजारमा छापावाला सुन प्रतितोला ५८ हजार ३ सय रुपैंयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ५८ हजार रुपैंयाँमा कारोबार भईरहेको छ । आज चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७५ मंसिर १८ मंगलबार
Comments