काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । बजारमा बिहीबारको तुलनामा शुक्रबार सुन ३ सयले र चाँदी ५ रुपैयाँले घटेको हो । आज बजारमा छापावाला सुन प्रतितोला ५७ हजार २ सय रुपैंयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ५६ हजार ९ सय रुपैंयाँमा कारोबार भईरहेको छ । आज चाँदी प्रतितोला ७ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७५ मंसिर १४ शुक्रबार
Comments