काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । बजारमा आज सुन एक हजार र चाँदी १५ रुपैयाँले घटेको हो । आज बजारमा छापावाला सुन प्रतितोला ५९ हजार रुपैंयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ५८ हजार ७ सय रुपैंयाँमा कारोबार भईरहेको छ । आज चाँदी प्रतितोला ७३० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७५ कार्तिक २५ आइतबार
Comments