भक्तपुर । समदर्शी बचत तथा ऋण सहकारी संस्था लि.आजदेखि आफ्नै भबन महेश्वरीमा सरेको छ ।
संस्थाले आज आफ्नै भबन महेश्वरीमा गृह प्रवेश तथा नेपाल सम्वत् ११३९ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरी सरेको जानकारी गराइएको हो ।
संस्थाका संस्थापक अध्यक्ष हरिराम लवजूले संस्थाको आफ्नो भवनमा कार्यक्रम गर्ने लक्ष्य पुरा भएकोमा खुसि व्यक्त गर्दे पन्ध्र सोह््र बर्षको निरन्तर प्रयासले संस्थाले सफलता प्राप्त गरेको बताए ।
निबर्तमान अध्यक्ष विश्वबहादुर दुवालले भबन बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
सल्लाहकार कृष्ण बहादुर प्रजापतिले सहकारी संस्थाको आफ्नै भबन बन्नु भौतिक संरचना विकासको एउटा कोशेढुगां सावित भएको बताउँदै पूर्वाधारहरु तयार गर्दे जानु पर्ने बताए ।
कार्यक्रम संस्थाका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतीत्वमा सम्पन्न भएको हो ।
प्रकाशित मितिः २०७५ कार्तिक २१ बुधबार
Comments