भक्तपुर । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको अवसरमा भक्तपुरभरि चहलपहल देखिएको छ । मुख्यगरी भक्तपुरको बजार एरियामा तिहारको चहलपहल बढी देखिएका छन् ।
भक्तपुरको सूर्यविनायक, च्याम्हासिंह, कमलविनायकलगायतका ठाउँंमा वढी चहलपहल देखिएका छन् । साथसाथै भक्तपुरको पुरानो क्षेत्रको रुपमा रहेको सुकुलढोका, टौमढी, दतात्रयलगायतका क्षेत्रमा पनि उतीकै भीडभाड देखिएका छन् । कोही तिहारका लागि सामान किन्न त कोही वेच्नमा व्यस्त देखिएका छन् ।
बजारमा विषेश गरी फूल, फलफूल, विजुलीबत्तीलगायतका बेच्नेहरु बढी भेटिन्छन् । तिहारमा विशेष किन्नेहरु रहने भएकाले फुटपाथमा अत्याधिक पसल थापिएका देखिन्छन् । फुटपाथमा पसल थापेकाले आवतजावतमै समस्या हुने गरेको देखिएको छ ।
दसैपछिको दोस्रो ठूलो चाडका लागि आवश्यक सामान किनमेल गर्न मानिसहरुको जताततै विशेष भीड देखिएको हो । साथसाथै सामान्य दिनहरुमा भन्दा चाडपर्वमा बजार विशेष भीड लाग्ने गर्दछ ।
प्रकाशित मितिः २०७५ कार्तिक २१ बुधबार
Comments