काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन ७ सय र चाँदी ५ रुपैयाँले बढेको हो । आज बजारमा छापावाला सुन प्रतितोला ६० हजार रुपैंयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैंयाँमा कारोबार भईरहेको छ । यस्तै चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ हृवात्तै बढेपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको हो ।
प्रकाशित मितिः २०७५ असोज २६ गते शुक्रबार
Comments