काठमाडौं । चालकको हड्तालका कारण आपूर्ति असहज भएपछि नेपाल आयल निगमले इन्धन वितरणमा लागू गरेको कोटा प्रणाली आजबाट हटाएको छ । इन्धन वितरण सहज बनेपछि आइतबारदेखि कोटा प्रणाली हटाइएको हो ।
आजबाट उपभोक्ताले मागेजति तेल पाउने नेपाल आयल निगमले जनाएको छ । इन्धन आपूर्ति सहज हुँदै गएकाले कोटा प्रणाली हटाइएकोले पेट्रोल पम्पहरुलाई मागे जति तेल दिन जानकारी गराइसकेको निगमले जनाएको छ ।
इन्धन अभावले पेट्रोल पम्पमा लाम लागेपछि निगमले शुक्रबारदेखि जारी गरेको मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर र हल्का सवारी साधन कार, भ्यानलाई बढीमा १५ लिटर पेट्रोल दिनेगरी कोटा निर्धारण गरेको थियो ।
प्रकाशित मितिः २०७५ असोज ७ आइतबार
Comments