काठमाडौं । सुनको मूल्य आज स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । आज चाँदीमा ५ रुपैयाँले बढेको हो । आज छापावाला सुन स्थिर रहँदै तोलाको ५५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन प्रति तोला ५५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहको छ । त्यस्तै चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय २० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । चाँदी बिहीबार तोलाको ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मितिः २०७५ भदौ १
Comments