काठमाडौं ३१ साउन । सुनचाँदीको मूल्य आज पनि घटेको छ । छापावाला सुन आज तोलामा ४ सय रुपैयाँ घटेर ५५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलाको ५६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुन प्रति तोला ५५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहको छ । त्यस्तै चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँ घटेको छ । चाँदी तोलाको ७ सय १५ रुपैयाँमा किनबेच भईरहेको महासंघले जनाएको छ । चाँदी बुधबार तोलाको ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
Comments