काठमाडौंः सरकारले स्थानीय तहको आफ्नै भवन निर्माण गर्न रु पाँच करोडदेखि १५ करोडसम्म सहयोग गर्ने भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन वर्षभित्रमा सबै स्थानीय तहका भवन बनाउन पाँचदेखि १५ करोड दिने भएको मन्त्रालयका प्रवक्ताले सुरेश अधिकारीले जनाएका छन् ।
मन्त्रालयले उक्त रकम बाँड्न अहिले ‘स्थानीय तहको भवन प्रशासनिक निर्माणसम्बन्धी कार्यविधि–२०७५’ ल्याउन लागेको छ ।
मन्त्रालयले महानगरको भवन निर्माण गर्न रु १५ करोड, उपमहानगरपालिकालाई रु १० करोड, नगरपालिकालाई रु आठ करोड र गाउँपालिकालाई रु पाँच करोड रकम दिने भएको छ ।
अहिले आफ्ना भवन नहुँदा स्थानीय तहलाई काममा समस्या भएको छ ।
सबै स्थानीय तहको भवन तीन वर्षभित्रमा बनाउन यो बजेट विनियोजन गरिएको हो ।
मन्त्रालयले सवै वडा कार्यालयका लागिसमेत बजेट विनियोजन गरेको छ । कार्यविधिमा महानगर र नगरपालिकाका वडा कार्यालय बनाउन रु एक करोड ५० लाख र गाउँपालिकाका वडा कार्यालय बनाउन एक करोड दिइने उल्लेख छ । सात सय ५३ स्थानीय तहमा करीब छ हजार ६६८ वडा कार्यालय छन् ।
प्रकाशित मितिः २०७५ साउन ३० बुधबार
Comments