काठमाडौं । आज पनि सुनचाँदीको मूल्य घटेको छ । मंगलबार पनि सुनचाँदीको मूल्य घटेको थियो । बुधबार सुन प्रति तोलामा १ सय र चाँदीमा ५ रुपैयाँले घटेको हो ।
आज छापावाला सुन प्रति तोला ५६ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन प्रति तोला ५५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहको छ ।
यसैगरी चाँदी आज प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७५ साउन ३० बुधबार
Comments