काठमाडौं, २ साउन । आर्थिक वर्षको दोस्रो दिन बुधबार नेपाल स्टक एक्सचेन्टको वेभसाइटमा केही घण्टा पुर्ण समस्या देखिएको थियो । आज सेयर बजार परिसूचक नेप्से १२ सय अंकभन्दा तल झरेको छ । आज बजार परिसूचक ५.४८ अंकले ओरालो लागेर ११९८.८३ अंकमा झरेको छ ।
त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ परिसुचक भने माइनस १ दशमलव २२ अंकले घटेर २ सय ५२ दशमलव ४० अंकमा पुगेर बन्द भएको छ ।
नौ ओटा उपसमूह मध्ये फाइनान्स बाहेक सबै ओरालो लागेको छ ।
बजारमा १३९ कम्पनीका ४ लाख ७७ हजार ६८७ कित्ता सेयर २ हजार ३०५ पटक खरिदबिक्री हुँदा १७ करोड ५३ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्टको वेभसाइटमा कारोबार सुरूहुने बेला देखिएको समस्या बन्द पश्चात पनि स्वचालित रूपमा चलिरहेको देखिएको छ ।
Comments