भक्तपुर, ११ असार । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । हिजो प्रति तोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज पनि स्थिर रहँदै सोही मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुन पनि स्थिर रहँदै प्रति तोला ५७ हजारमा ४ सय रुपैयाँमै कारोबार भईरहेको छ ।
महासंघका अनुसार हिजो प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज स्थिर रहँदै ७ सय ७० रुपैयाँ मै कारोबार भईरहेको छ ।
Comments