काठमाडौं, ७ असार । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदहरुका लागि लिईएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । लोकसेवा आयोगले सञ्चालन गरेको वरिष्ठ सहायक, वरिष्ठ सहायक (कम्प्युटर अपरेटर) पदको लिखित परीक्षाको नतिजा बैंकले आज सार्वजनिक गरेको हो ।
ववरिष्ठ सहायक (नगद) मा खुला, महिला, आदिबासी, मधेसीलगायतमा ३० सिटका लागि दरखास्त आह्वान भएकामा ९० जना लिखित परीक्षामा सफल भएका छन् । ६ जना माग गरिएको वरिष्ठ सहायक (कम्प्यूटर अपरेटर) को लिखित परीक्षामा भने ७ जना मात्रै उत्तीर्ण भएका छन् । दलित आरक्षण सिटको कोही पनि सफल भएनन् । दलित आरक्षणतर्फ १ जना माग भएकोमा कोही पनि उत्तीर्ण नभएका हुन् ।
लिखित परीक्षाको नतिजामा सफल भएका परीक्षार्थीलाई बैंकले अन्तरर्वार्तामा सहभागी हुन आह्वान गरेको छ । बैंकका अनुसार अन्तरवार्ता असार २८ देखि ३१ गतेसम्म सञ्चालन हुनेछ ।
हेर्नुहोस् नतिजा
Comments