भक्तपुर, ७ असार । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य चाहिं स्थिर रहेको छ । हिजो प्रति तोला ५८ हजार रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज ३ सयले घटेर ५७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुन पनि ३ सयले घटेर प्रति तोला ५७ हजारमा ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
महासंघका अनुसार हिजो प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज स्थिर रहँदै सोही मूल्यमा अर्थात ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ ।
Comments